• Wednesday, March 5, 2025

    सम्बन्ध

    फिनु


    "सम्बन्ध " शब्द सुन्दा आफूसॅग निकै नजिक रहेका सम्बन्धित व्यक्तिहरको याद आउने गर्छ। भर्खर जो-जो याद आए त्यो याद बनाउने क्षणसम्म पुग्न त्यो सम्बन्ध कायम गर्न कति क्षणहरूले रेसाको काम गरी एउटा मजबुत सम्बन्धको डोरी बनाउॅछ होला।




    ती सम्बन्धको मसिना रेसा जुटाउन कति समय, प्रयास, तागत लागेको हुन्छ तर त्यो रेसा तुत्न थोरै समय पनि लाग्दैन। ती रेसाहरू जलाउनलाई मान्छे रिस नै काफी हुन्छ। आखिर रिस नै त मनुष्यको सबैभन्दा ठुलो शत्रु हो।

    रिस, आवेग, क्रोधले कहिल्यै आफूलाई जित्न नदिनु; कुन मोडमा आफूलाई कस्तो प्रस्तुत गराउछ पत्तो हुदैन।

    यदी कुनै पनि सम्बन्धको रेसाहरूको निर्माण गर्न दुईतर्फी प्रयास हुन्छ भने त्यो सम्बन्ध टुट्न गाह्रै हुन्छ अथवा टुटेपनि यादले टालिदिन्छ। तर दुई तर्फी छैन एकको अधिक प्रयास त अर्कोको पुतलाजस्तो आफू छ तर सम्बन्धमा सास दिने प्रयास छैन भने त्यो सम्बन्धमा दुर्घटना निम्तिन्छ।

    भनिन्छ नि एक हातले तालि बज्दैन। त्यसैले जिन्दगीमा कुनै पनि सम्बन्ध अघि बढाउन दुवै पक्षको सहभागिता हुनुपर्छ चाहे त्यो सम्बन्ध प्रेमीप्रेमीकाको होस् या साथीभाई, साथीसङ्गी, दाजुभाई आदि ईत्यादिको होस् ।

    धन्यवाद!

    Sunday, January 5, 2025

    कैदी ऑखा

    फिनु

    मनको भावना र भिजेॅका ती प्लाष्टिकका जेलमा कैद ती ऑखाका भावनालाई के यो कलमले न्याय दिन सक्ला र?

    आफ्नै मन र ऑखाका भाषा आफ्नै मस्तिष्कले बुझ्न नसकेर जिब्रो र दन्तले आफ्ना प्रस्तुति दिन सकिरहेका थिएनन्; के यो कलमले यिनका भाषा बुझ्न सक्ला र ?

    सधैॅ उनको खोजीमा रहने यो प्लास्टिकको जेलमा कैद रहेका यी ऑखाले उनको दर्शन गरेर न्याय चाहिॅ पाएको थियो। उनलाई सुनाउनको निम्ति जोड्जोड्ले धड्किने मेरो मुटु उनको नजिक पर्दा उनको कानको जाली नै फुटाउॅछु सोचेर अझ उग्र रूपमा धड्किरहेको थियो।




    उनलाई यी दुई कैदीले दर्शन गर्नासाथ हात पाउ मुटु सबै चिस्सिएका थिए। बिचरा ती न्याना कपडा आश्चर्य मानिरहेको छ की मैले यो शरीरमा न्यानोपन कायम गर्दा पनि किन यस्तो भईरहेको थियो ? बिचरा त्यो कपडालाई के थाहा की कैदीले फेरी अपराध गरीसक्यो।

    पापी ऑखाले पाएको त्यो दर्शनले मुटुले उनको स्वागत गर्दै द्वार खोलिदियो; शब्द निकाल्नको निम्ति जिब्रो र दन्त पनि तयार रहे तर तन चिस्सिएको थियो। बोलि फुट्नु अघि ऑखामा खै कहाॅबाट भावनाका मुहान फुटेर बाढी आउन लागेको थियो।

    यो पापी ऑखा; आफू पाप गरेर जेलमा कैद छ तैपनि भित्र आफ्नै दुनियाॅमा रमाइरहेको मुटुलाई दुःख दिन कदापि छाडेन। मुटुलाई त दुःख दियो दियो आफू बस्ने कोठामा पनि बाढी ल्याइदिएर त्यस बाढीलाई नाक र ओठको यात्रा गर्न बाध्य बनाएर भावनाको मुहान नै सुकाइदियो।

    के साॅच्चै सुकायो र ? हेरौ अर्को भेटमा पक्कै पनि थाहा हुनेछ ...