• Wednesday, March 5, 2025

    सम्बन्ध

    फिनु


    "सम्बन्ध " शब्द सुन्दा आफूसॅग निकै नजिक रहेका सम्बन्धित व्यक्तिहरको याद आउने गर्छ। भर्खर जो-जो याद आए त्यो याद बनाउने क्षणसम्म पुग्न त्यो सम्बन्ध कायम गर्न कति क्षणहरूले रेसाको काम गरी एउटा मजबुत सम्बन्धको डोरी बनाउॅछ होला।




    ती सम्बन्धको मसिना रेसा जुटाउन कति समय, प्रयास, तागत लागेको हुन्छ तर त्यो रेसा तुत्न थोरै समय पनि लाग्दैन। ती रेसाहरू जलाउनलाई मान्छे रिस नै काफी हुन्छ। आखिर रिस नै त मनुष्यको सबैभन्दा ठुलो शत्रु हो।

    रिस, आवेग, क्रोधले कहिल्यै आफूलाई जित्न नदिनु; कुन मोडमा आफूलाई कस्तो प्रस्तुत गराउछ पत्तो हुदैन।

    यदी कुनै पनि सम्बन्धको रेसाहरूको निर्माण गर्न दुईतर्फी प्रयास हुन्छ भने त्यो सम्बन्ध टुट्न गाह्रै हुन्छ अथवा टुटेपनि यादले टालिदिन्छ। तर दुई तर्फी छैन एकको अधिक प्रयास त अर्कोको पुतलाजस्तो आफू छ तर सम्बन्धमा सास दिने प्रयास छैन भने त्यो सम्बन्धमा दुर्घटना निम्तिन्छ।

    भनिन्छ नि एक हातले तालि बज्दैन। त्यसैले जिन्दगीमा कुनै पनि सम्बन्ध अघि बढाउन दुवै पक्षको सहभागिता हुनुपर्छ चाहे त्यो सम्बन्ध प्रेमीप्रेमीकाको होस् या साथीभाई, साथीसङ्गी, दाजुभाई आदि ईत्यादिको होस् ।

    धन्यवाद!